कोटेश्वर-जडिबुटि सडकखण्ड विस्तारको तयारी

१५ भाद्र २०७७, सोमबार

काठमाडौंको कोटेश्वर-जडिबुटि सडकखण्ड विस्तार सुरु भएको छ । सडक फराकिलो बनाउन विमानस्थलको जग्गासमेत प्रयोग गरिने भएको छ । यसका लागि आज डोजर प्रयोग गरी विमानस्थलका संरचना हटाइएको छ । सडकको तीन सय मिटर साँघुरो भाग फराकिलो बनाउन बजेट माग गरेको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले बताए । कोटेश्वरबाट जडिबुटीतर्फ जाँदा दाहिनेतर्फ पर्ने एक लेन र जडीबुटीबाट कोटेश्वर आउने तीन लेन सडकको विस्तार गर्न लागिएको हो । सडक विस्तारका लागि सरकारले सडकसँगै रहेको ६ आना एक पैसा जग्गा र घर अधिग्रहणको अनुमति दिएको छ । आठ लेनमा विस्तार गर्ने योजना रहेको यो सडकमा फुटपाथसमेत निर्माण गरिने छ।।।