पूर्वराजदूत मोरिसको शव फेला

१६ भाद्र २०७७, मंगलवार

लन्डन — बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । बीबीसी अनुसार मे ६ देखि बेपत्ता मोरिसको खोजीमा जुटेको ह्याम्पशायर प्रहरीले उनको शव एलिस होल्ट जंगलमा फेला पारेको जनाएको छ ।

प्रहरीले निजको निधन शंकास्पद रहेको र परिवारलाई अवगत गराइसकेको छ । बेलायतको फार्नहमनजिक बेन्टली क्षेत्रमा बस्दै आएका ५२ वर्षीय पूर्व राजदूत मोरिस गत मे ६ तारिख बिहान १०.३० बजे दौड्न घरबाट निस्किएपछि बेपत्ता भएका थिए ।

प्रहरीले नदी किनारामा व्यापक खोजी गरेको र बासिन्दाहरुलाई आआफ्ना घरका बगैंचा, भण्डार गृह, गोठ आदि चेक गर्न आग्रह पनि गरेको थियो । कुनै सीसीटिभी फुटेज भएमा उपलब्ध गराउन पनि प्रहरीले आग्रह गरेको थियो ।

नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा ब्रिटिस राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । ब्रिटिस सरकारले उनलाई फिजी गणतन्त्रका लागि गत जुलाई महिनादेखि कार्यभार सम्हाल्ने गरी उच्चायुक्त तोकेको थियो ।

श्रीमती र तीन बालबच्चा उनका साथमा बस्दै आएको थिए ।