राकिटिच बार्सिलोना छाडेर पूर्व क्लब सेभिल्ला फर्कने

१६ भाद्र २०७७, मंगलवार

क्रोएसियन मिडफिल्डर इभान राकिटिचले बार्सिलोना छाडेका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले पहिलो रोजाईका राकिटिच आफ्नो योजनामा नरहेको बताएका थिए । बार्सिलोनाको योजनामा नरहेका राकिटिच आफ्नो पूर्व क्लब सेभिल्ला फर्कने पक्का भएको हो ।

 

स्टार मिडफिल्डर राकिटिचले सेभिल्लासँग दुई वर्षको सम्झौता गर्ने पक्का भएको छ । उनी आफ्नो मुल्यभन्दा केही कम रकममा सेभिल्ला पुगेका हुन् । नयाँ सम्झौता अनुसार उनले वार्षिक २.७ मिलियन पाउन्ड पाउनेछन्