नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सुचारु

१६ भाद्र २०७७, मंगलवार

कोरोना महामारीका कारण बन्द रहेको अन्तर्राष्ट्रिय हवाई सेवा आजबाट पुन: सुचारु भएको छ ।
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आजदेखि असोज १४ गतेसम्म दैनिक दुई नियमित र एक चार्टर्ड गरी ६० ओटा नियमित र २७ ओटा चार्टड विमानले उडान भर्न पाउने छन् । साथै केही मुलुकमा उद्दारका लागि चार्टर्ड विमान नियमित रहने छ । अन्तर्राष्ट्रिय उडान एक सय ६० दिनपछि सुचारु भएको हो ।