बाहुनसहित ५ जना पक्राउ : बालविवाह

१६ भाद्र २०७७, मंगलवार
तस्विर : गूगल

सल्यानमा प्रहरीले बिहेको जग्गेबाट दुलाहा दुलही, बिहे गराउने पुरोहितसहित पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले बालविवाह गराउन खोजेको अभियोगमा बेहुला बेहुली, बेहुलाका बाबु आमा र पुरोहित (बाहुन)लाई समेत पक्राउ गरेको छ।

जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडा अनुसार  सल्यानको बागचौर नगरपालिका वडा नं. ८ गैरागाउँ निवासी दुलाहा २५ वर्षीय दिपेन्द्र शर्मा र  बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ गाभर निवासी १८ वर्षीया लक्ष्मी जैसीलाई प्रहरीले पक्राउ गरेको हो । सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको डिएसपी खतिवडाले बताए।

पक्राउ परेकाहरु विरुद्ध सोमवार म्याथ थप गरि अनुसन्धान भइरहेको डिएसपी खतिवडाले बताए ।