सेमिफाइनलको यात्रा बलियो बनाउन ट्रीनबेगोविरुद्ध खेल्दै जमैका

१६ भाद्र २०७७, मंगलवार

क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा नेपाली लेग स्पिनर संदीप लामिछाने  सम्मिलित जमैका तलावाजले अपराजित ट्रीनबेगो नाइट राइडर्सविरुद्ध खेल्दैछ ।खेल नेपाली समय अनुसार आज साँझ ७ : ४५ पछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । जमैका ले आजको खेल जिते मात्र सेमिफाइनलको यात्रा बलियो बनाउन सक्छ त्यसकारण आजको खेल  निकै महत्वपूर्ण हुने छ।