बलात्कारको आरोपमा घरबेटी पक्राउ

१६ भाद्र २०७७, मंगलवार
तस्विर : सेतोपति

कैलालीमा डेरा गरेर बस्ने महिलालाई बलात्कार गरेको आरोपमा घरबेटी पक्राउ परेका छन्।

धनगढी उपमहागरपालिका-७ का २८ वर्षीय श्रीराम रानाले आफ्नै घरमा डेरा गरी बस्ने महिलालाई बलात्कार गरेको आरोपमा आइतबार पक्राउ परेका छन् ।

ज्यालादारी काम गर्ने ती महिलाका श्रीमान् काममा गएका बेला कोठामा गएर धम्क्याएर जबरजस्ती करणी गरी फरार भएका रानालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार पक्राउ परेका रानामाथि जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।