मोर्गनको कप्तानीमा इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्ध खेल्ने  टोली घोषणा

१६ भाद्र २०७७, मंगलवार

 

इंग्ल्यान्डमा हुने T20  र ओडिआई सिरिजको लागि ओईन मोर्गनको कप्तानीमा इंग्ल्यान्डले टोली घोषणा गरेको छ ।

उक्त टोलीमा टेष्टका कप्तान जो रुट, विकेटकिपर जस बटलर, युवा अलराउन्डर साम करन, तीव्र गतिका बलर जोफ्रा आर्चर, मार्क वुड र क्रिस वक्सले सीमित ओभरमा पूरनरागमन गरेका छन् ।

इंग्ल्यान्डले ओडिआईका लागि घोषणा गरेको टोली:

 ओईन मोर्गन (कप्तान), मोईन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो, टम ब्यान्टन, साम बिलिंग्स, जस बटलर, साम करन, टम करन, आदिल राशिद, जो रुट, क्रिस वोक्स र मार्क वुड ।

 

इंग्ल्यान्डले T20 का लागि घोषणा गरेको टोली:

ओईन मोर्गन (कप्तान), मोईन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो, टम ब्यान्टन, साम बिलिंग्स, जस बटलर, साम करन, टम करन, जो डेनली, क्रिस जोर्डन, डेविड मलान, आदिल राशिद र मार्क वुड ।