पतलैया औद्योगिक क्षेत्रको हरिबिजोग- १ लाख मजदुर बेरोजगार

१६ भाद्र २०७७, मंगलवार
फाइल तस्वीर

विराटनगर भदौ-१६
कोरोना महामारीका कारण देशभर लकडाउन भएको करीब छ महिना पुगेको छ। यो बन्दाबन्दीले गर्दा धेरैको ज्यान गयो भने धेरैको चुलो बाल्ने उपाय टरेको छ यानिकी रोजगारी गुम्दैछ। वीरगन्ज औद्योगिक करिडोर क्षेत्रमा रहेका करीब ८० प्रतिशतभन्दा बढी उद्योगहरू बन्द हुन पुगेका छन् जसको प्रत्यक्ष असर अर्थतन्त्रलाई मात्र नभई मजदुर वर्गमा बढी परेको छ।

कोरोनाको संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्थलगत अध्ययन गरेर धमाधम उद्योग बन्द गराउन थालेपछि मजदुरहरूको बिचल्नी भएको हो।

औद्योगिक क्षेत्रमा रहेका करीब १६ सय साना ठूला उद्योग बन्द भएका छन् भने त्यहाँ कार्यरत करीब १ लाखभनादा बढी मजदुरको रोजिरोटी खोसिएको छ। कोरोनाको संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्थलगत अध्ययन गरेर धमाधम उद्योग बन्द गराउन थालेपछि मजदुरहरूको बिचल्नी भएको हो।

औद्योगिक क्षेत्रमा आधाजसो भारतीय कामदारहरू रहेका छन्। ती कामदारहरूमा संक्रमण बढेसँगै उद्योगहरू बनाद गर्नुपरेको बताइएको छ। महामारीको त्रासले स्वेच्छाले काम छाड्नेहरूको संख्या पनि उत्ति नै छ।

करीब २० प्रतिशत उद्योगहरू सञ्चालनमा रहेपनि महामारीको सन्त्रासले बन्द गर्नुपर्ने स्थितिमा पुगेको छ। देशको अर्थतन्त्र धान्न सहयोग गरेको प्रमुख औद्योगिक क्षेत्रको यो हालत छ भने देशका अधिकांश उद्योगहरू पनि बन्द छन्। जसमा कार्यरत लाखौं मजदुरहरूको रोजगारी गुम्ने खतरामा पुगिसकेको छ।

‘नेपाल सरकारले कुनै नीति तथा योजना बनाएको छैन। जसका कारण औद्योगिक क्षेत्र बन्द गरेर बस्नुको विकल्प नरहेको एकजना उद्योगीले बताएका छन्। उद्यैग बन्द गरेपनि कर्मचारीलाई तलब दिनुपर्छ सरकारले भनिरहेको छ। यस्तो अवस्थामा उद्योगीहरूको मनोबल गिर्दै गएको छ।’ उनले बताए।

कहिले खुल्ने हो कुनै छाँटकाँट छैन। सञ्चानलमा रहेका उद्योग बन्द गरेर घरमा बसिरहनु परेको छ। सरकारी तवरबाट कुनै पहल नगरिनु दुःखद् रहेको वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ताले बताए।