सामाजिक काममा अब्बल लिबरल सोसाइटी तरहरा

१६ भाद्र २०७७, मंगलवार

विराटनगर । भदौ १६
नोबेल कोरोना भाइरसले मुलुक तहसनहस बनिरहेको बेला लिबरल सोसाइटी तरहरा सुनसरीले मल्हम लगाउने काम गरिरहेको छ। समाजमा संक्रमितले उपचार नपाई रहेको र उपचार पाएर सामान्य जनजीवनमा फर्किएकाहरूलाई समाजले घृणाको नजरले हेरिरहको परिप्रेक्ष्यमा लिबरल सोसाइटीले 'संक्रमितलाई घृणा होइन हौसला प्रदान गरौं' भन्ने उद्देश्यले अभियान थालेको छ।

संक्रमितहरू घर घरमै आइसोलेट बस्नु परेको परिस्थितिलाई मध्यनजर गर्दै इटहरी २०- तरहरा क्षेत्रमा घर घरमै पौष्टिक आहार तथा खाद्यान्न उपलब्ध गराएर मनोबल बढाउन मद्दत गरिरहेको सोसाइटीका अध्यक्ष शुभेच्छु देवानले बताए।

रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने जडिबुटी बुर्जो लगायत विभिन्न पौष्टिक आहारहरू संक्रमितका घर घरमै पुर्याइएको थियो। ' महामारीमा पनि सरकारलाई कुरिरहने? हामीले सामाजिक सद्भाव कायम होस् र संक्रमितहरूको मनोबल उच्च रहोस् भन्ने हेतुले यस्तो काम गरेका हौं।' अध्यक्ष देवानले जानकारी दिए।

तरहरा क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सदैव उद्यत यस सोसाइटीले केही दिन अघि संक्रमण जोखिम देखिएका स्थल तथा व्यक्तिका घरहरूमा सेनिटाइज समेत गरेको थियो।

याे पनि- https://hamrobiratnagar.com/2020/08/27/1814/