विषादी सेवनबाट एकको मृत्यु, अर्काको अवस्था चिन्ताजनक

१६ भाद्र २०७७, मंगलवार
सांकेतिक तस्वीर

विराटनगर । भदाै १६

विषादी सेवनका कारण महोत्तरीमा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने ५५ वर्षीय सूर्यनारायण साहले करेन्ट नामक विषादी सेवन गर्दा उनको ज्यान गएको हो । विषादी सेवनबाट बेहोश भएका साहलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाको बलवा नगरपालिका–११ बस्ने सुरेन्द्र महतोकी छोरी १४ वर्षीया आरती कुमारीले आमाले गाली गरेको विषयलाई लिएर थाइमेड नामक विषादी सेवन गरेपछि उनी सिकिस्त भएकी छिन् । उनको उपचार जनकपुरस्थित जानकी हेल्थ केयरमा भइरहेको छ भने अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।