एकै दिन उपत्यकामा ४८१ जना संक्रमित

१६ भाद्र २०७७, मंगलवार

गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार काठमाडौंका ३९३ जना, भक्तपुरका ३० जना र ललितपुरका ५८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।