वीर अस्पतालका सबै सेवा बन्द

१६ भाद्र २०७७, मंगलवार
Bir Hospital

वीर अस्पतालमा डाक्टर र नर्स गरी एकैचोटि ७१ जनामा आज कोरोना पोजिटिभ पाइएको छ ।

नेपालकै सबैभन्दा पुरानो मानिने वीर अस्पतालमा कोरोना पोजिटिभ आएको ७१ जना डाक्टर र नर्सलाई एल्लो पगोडा होटलको आइसोलेसनमा लगेर राख्ने तयारी हुँदैछ । चिकित्सकहरुमै यति ठूलो परिमाणमा भाइरस संक्रमण भेटिएपछि भोलि र पर्सीका लागि ओपिडी सेवा बन्द गरिएको छ ।