कर्णाली प्रदेश्मा पीसीआर टेष्ट रिपोर्ट नदेखाए प्रवेश गर्न नपाइने

१७ भाद्र २०७७, बुधबार
तस्विर : कोशी अन्लाइन

कर्णाली, भदाै १६ ।

कर्णाली प्रदेश सरकारले पिसिआर टेष्ट रिपोर्ट नदेखाए प्रवेश गर्न नपाइने/ रोक लगाउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता विमला केसी अनुसार विपद् व्यवस्थापन केन्द्रको बैठकले मंगलबार गरेको निर्णयमा पछिल्लो समय कोरोना संक्रमण मात्र नभई लक्षणसहितका संक्रमित बढ्न थालेपछि

प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा बसेकाे साे बैठकले क्रमितलाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउनेतथा कोरोना भाइरसबाट हुन सक्ने प्रभावको विश्लेषण गरी आवश्यक पर्ने जनशक्ति, पूर्वाधार, उपचार सामग्री, औषधि तथा उपकरण लेखाजोखा गरी आवश्यक प्रस्ताव सामाजिक विकास मन्त्रालयले पेश गर्ने र सोका लागि प्रभावकारी तयारी गर्ने निर्णय बैठकले गरेको छ ।