एउटै स्वाबबाट पहिले ‘नेगेटिभ’, एक दिनपछि ‘पोजेटिभ’

१७ भाद्र २०७७, बुधबार

काठमाडौं ।

नागार्जुन नगरपालिकाका एकजना वडा अध्यक्षको पीसीआर परीक्षण रिपोर्ट पहिले नेगेटिभ आयो । निजको रिपोर्ट नेगेटिभ आएपछि वडा नम्बर–६ स्थित फिट वेल गार्मेन्टमा आयोजित रक्तदान कार्यक्रमा मंगलबार उनी सहभागी भए तर, रिपोर्ट पोजेटिभ छ भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट फोन गयो ।

दुई दिनको अन्तरमा एउटै स्वावबाट नेगेटिभ र पोजेटिभ रिपोर्ट आएपछि नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले आश्चार्य प्रकट गरेका छन ।

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत अनुसार ‘स्वास्थ्यले लापरवाही गरेको छ, वडाअध्यक्ष ज्यूको फेरि पीसीआर परिक्षण गराउँछौँ ।

नागार्जुन नगरपालिकामा अन्य ४ जनाको रिपोर्ट त्यस्तै गोलमाल आएको छ । पहिले नेगेटिभ अनि फेरि पोजेटिभ ।

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत अनुसार वडा अध्यक्षको पुनःपरीक्षण गर्दा पीसीआर रिपोर्ट पुनःपोजेटिभ देखिएमा रक्तदान कार्यक्रममा सहभागी सबैको कन्ट्याक्ट ट्रेसिङ गरिने छ ।