पर्सामा थप ६४ जनामा नयाँ संक्रमण पुष्टि

१७ भाद्र २०७७, बुधबार

वीरगञ्जको नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा  ४ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता  डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । संक्रमित सबै ५ वर्ष देखिन्छ ७० बर्ष सम्मका रहेका र ति मध्य ३६ जना महिला छन् । जसमा पर्साका १३ र बाराका ५० जना संक्रमित रहेको  प्रवक्ता  डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ‌। नयाँ  ६४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या २ हजार २ सय ११ पुगेको छ।