विराटनगरमा ४४ सहित प्रदेश १ मा १३७ संक्रमित थपिए

१७ भाद्र २०७७, बुधबार

प्रदेश नं. १ मा बुधबार १ सय ३७ जनामा कोरोना संक्रमण देखिएकाे छ । जसमध्ये सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

  • मोरङको विराटनगरका २१ महिला २३ पुरुष गरी ४४ जना  ,
  • धनपालथानमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष,
  • झापाको कमल गाउँपालिकामा ३ महिला ३ पुरुष,
  • मेचीनगरमा ३ पुरुष,
  • विर्तामोड र गौरीगञ्जमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितहरूमा सुनसरीको इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ७ महिला र ५१ जना पुरुष रहेका छन्

  • धरानमा ७,
  • बर्जुमा २,
  • इनरुवा र भोक्राहा नरसिंहमा १–१ र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता भोजपुरको हतुवागढीमा ३ पुरुष, पाँचथरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ वाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ५९१ पुगेको छ ।

प्रदेश १ मा आज ८४ जना डिस्चार्ज भएका छन् । आज सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ६८७ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३४९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३ महिला र १ सय ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आज सम्म ९१ ह्जार ५१४ जनाको पीसीआर परीक्षण गरिएको छ ।