
रंगेली / रंगेली बजार अब विहान ६ देखि साझ ४ बजे सम्म खुल्ने भएको छ । नगरपालिकामा आज दिउसो बसेको सि.सि.एम.सि.को बैठकले रंगेली बजार सामाजिक दुरी अपनाएर जिल्ला प्रशासनको निर्णय बमोजिम २२ गते सम्म साझ ४ बजे सम्म खुल्ने भएको हो ।
बैठकले भाद्र २३ गते जिल्ला प्रशासनको निर्णयलाई मध्यनजर गरी थप निर्णय गर्ने बैठकको अध्यक्ष समेत रहेका मेयर दिलीप वगडीयाले जानकारी दिए । यस अघि विहान ६ देखी १२ बजे सम्म मात्र बजार खुल्दै आएको थियो ।