
विराटनगर । भदाै १७
बुधबारसम्म नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २५१ पुगेको छ ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं र चितवनमामा ३–३ जनाको मृत्यु भएको जानकारी दिएका छन् । काठमाडौंमा १ महिला र २ पुरुषकाे सनधन भएकाे छ । चितवनमा २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ ।
बारा, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ ।
देशभर बितेको २४ घण्टामा ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालकाे कूल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।
आज मात्र काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म देशभर कोरोनाबाट निको हुनेको संख्या २३ हजार २९० पुगेको छ ।