
हालै गुगलले पिपुल कार्ड फिचर सार्वजनिक गरेको छ । यो एक प्रकारको भर्चुअल भिजिटिङ कार्ड हो । जसको सहयोगमा कुनै पनि व्यक्तिको बारेमा गुगल सर्च गरेर खोज्न सकिनेछ ।
यसमा त्यही जानकारी दुनियाँसामु देखिनेछ, जुन आफुले अपडेट गरिएको हुन्छ । इन्टरनेटमा अहिले एउटै नाम गरेका अनेकौं मानिसहरू रहेकाले यसको आवश्यकता रहेको छ ।
गुगल पिपुल कार्ड :
यसमा कुनै पनि व्यक्तिले आफ्नो एउटा मात्र कार्ड बनाउन सक्छ । यसको पुर्ण छानबिन पछि मात्र यो कार्ड जारी हुनेछ । हरेक कार्डमा व्यक्तिको फोटो, व्यवसाय, ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । जसबाट एउटै नाम गरेको अर्को कार्डबाट अलग गरिनेछ । यदि प्रयोगकर्ताले चाहेको खण्डमा यसमा आफ्नो अध्ययन, सम्पर्क, गाउँ-ठाउँ, सामाजिक सञ्जालको प्रोफाइलजस्ता जानकारीसमेत जोड्न सकिनेछ । यस्तो कार्डमा प्रयोगकर्ताको पूर्ण नियन्त्रण हुनेछ ।
यदि तपाईंले चाहेको खण्डमा जानकारी मेटाउन वा अपडेट गर्न सक्नुहुनेछ । यसबाहेक प्रयोगकर्ताले सधैंका लागि कार्ड बन्द गरेर राख्नसमेत सक्नेछन् । यसो गर्दा गुगल सर्चमा तपाईंको नाम कहिल्यै देखिने छैन ।
हालका लागि गुगल सर्चका लागि बनाइएको यो फीचर वेब भर्सनमा मात्र उपलब्ध छ । हालै मात्र विश्वमै पहिलोपटक भारतमा सार्वजनिक गरिएको यो फिचर अन्य मुलुकमा तत्काल उपलब्ध हुने विषयमा गुगलले स्पष्ट उल्लेख गरेको छैन।