महानगरकाे निषेधाज्ञामा हाटबजारतिर मानिसकाे घुइँचाे

१७ भाद्र २०७७, बुधबार
तस्वीर -सुजित कुमार कर्ण

विराटनगर । भदाै १७

देश बन्दाबन्दीको चपेटामा परिरहेको छ। जनताहरूका सबैका आआफ्ना समस्या बढिरलेका छन्। सरकारले नियमनको नाउँमा लकडाउन बाहेक अरू केली गरेको जनताले प्रत्याभूत गर्न सकिरहेका छैनन्।

विराटनगर महानगरपालिकाले गरेको निषेधाज्ञा थप हप्ता दिनलाई बढाएको भएपनि सर्वसाधारणका लागि त्यसले हाट बजार गर्न केही बाधा पुगिरहेको छैन।

वडा नं १ आदर्श टोलमा सयौंको बजारमा भीड देखिन्छ। बिहान लागेको बजार गर्मीका कारण दिउँसो केही कम भएपनि साँझतिर भने कुनै मेला जसरी उर्लिन्छ। जसमध्ये सबै आवश्यक वस्तुको किनमेल र व्यापारकै लागि उपस्थित भएका होलान् तर न सबैको मुखमा मास्क छ न भौतिक दूरीको कुरा कायम रह्यो।

जनतालाई बजार नगई नहुने बाध्यता छ तापनि संक्रमणका बिषयमा खास सजगता अपनाएको पाइँदैन। निषेधाज्ञाको सूचना जारी गरिरहने महानगरको पनि कुनै ध्यान जान सकिरहेको छैन।

३१ जनमा संक्रमित देखिइसकेको विराटनगर १ को यो बजारले कोरोनाबारे जनता किन सजग छैनन् भन्ने जिज्ञासा पैदा गर्छ।

संक्रमणकालीन अवस्थामा यस्ता खालका हाट बजारको व्यवस्थापनमा सुरक्षा न अपनाइए स्थिति भयावह बन्न सक्ने देखिन्छ।