आइसिसी वरीयतामा पारस खड्का ७१ औं स्थानमा

१८ भाद्र २०७७, बिहीबार

भर्खरै आइसिसीले सार्वजनिक गरेको नयाँ टि२० वरीयतामा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर तथा पूर्वकप्तान पारस खड्काले सुधार गरेका छन् ।

आइसिसीले कोरोना महामरीको कारण अन्तर्राष्ट्रिय खेल नहुँदा फागुनपछि पहिलो पटक सार्वजनिक गरेको नयाँ टि२० वरीयतामा पारसले ब्याटिङतर्फ चार स्थान सुधार गरेका हुन् । यसअघि ब्याटिङतर्फ ७५ औं स्थानमा रहेका पारस नयाँ वरीयतामा ७१ औं स्थानमा उक्लिएका छन् । आइसिसीको टि२० नयाँ वरीयतामा नेपालका दुई मात्र खेलाडी शीर्ष एक सयमा अटाएका छन् ।