मुम्बई इन्डियन्सका झट्का: मलिङ्गाले आइपिएल नखेल्ने

१८ भाद्र २०७७, बिहीबार

 

मुम्बई इन्डियन्सका प्रमुख तीव्र गतिका बलर लासिथ मलिङ्गाले यस सिजनको आइपिएल नखेल्ने भएका छन् ।
मलिङ्गाले व्यक्तिगत कारण देखाउँदै सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् ।
मलिङ्गाले नखेल्ने भएपछि मुम्बईले अष्ट्रेलियाका तीव्र गतिका बलर जेम्स प्याटिनसनलाई उनको स्थानमा भित्र्याएको छ