प्रदेश १ का सर्वोत्कृष्ट प्रहरी कर्मचारी सम्मानित

१८ भाद्र २०७७, बिहीबार

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले असार र साउन महिनाको सर्वोत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) घोषित हुनेहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा झापाको दमकस्थित इलाका प्रहरी कार्यालयका प्रहरी हवल्दार पदम बहादुर खड्का र खोटाङको खार्ताम्छा प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रामकुमार चौधरी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
हवल्दार खड्कालाई लागूऔषध नियन्त्रण र हवल्दार चौधरीलाई कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ गर्न कुशलतापूर्वक काम गरेकाले सम्मान गरिएको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयले आफू मातहतका कर्मचारी मध्येबाट हरेक महिना एक जनालाई महिनाको सर्वोत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) घोषित गरी सम्मान गर्दै आएको छ । यसबाट प्रहरी कर्मचारीको मनोबल उच्च हुने र कार्यसम्पादन सुदृढ हुने कार्यालयको विश्वास छ ।