दूई मोटरसाइकल एकापसमा जुद्धा दुईको मृत्यु एक गम्भीर घाइते

१८ भाद्र २०७७, बिहीबार

विराटनगर । भदौ १८

सिरहाकोसिरहा-चोहर्वा सडक खण्डअन्तर्गत सिरहा न. पा. भलुवाहीस्थित सडकमा बुधबार राति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ। अर्का एक जना बाइकमा सवार व्यक्ति गम्भीर घाइते भएका छन् ।

सदरमुकामबाट चोहर्वातर्फ आउँदै गरेको स४प ४६१० र चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको स४प ७९२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा सिरहाको धनगढीमाई नगरपालिका १० निवासी ५१ वर्षीय दीपककुमार पंजियार र सिरहा नगरपालिका ९ गुलरीया निवासी ३५ वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका अर्का गम्भीर घाइते पंजियारको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा र ठाकुरको उपचारको लागि लहानतर्फ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिएका छन् ।

दुर्घटनामा परी सिरहा नगरपालिका ९ गुलरीया निवासी ३५ वर्षीय जितेन्द्र महरा भन्ने शिवकुमार महरा गम्भीर घाइते भएका छन् उनको भुमिजा अस्पताल लहानमा उपचार भइरहेको प्रहरी प्रवक्ता घिमिरेले बताएका छन्।

निषेधाज्ञा कायम रहेको सिरहामा राजमार्ग प्रायः खाली नै रहने हुँदा तीव्र गतिमा कुद्ने मोटरसाइकल दिनानुदिन दुर्घटनामा पर्ने गरेको प्रहरीले जनाएको छ।