जुवा खेल्ने एक दर्जन व्यवसायी प्रहरी नियन्त्रणमा

१८ भाद्र २०७७, बिहीबार
तस्विर : हाम्रोमत

मोरङको कानेपोखरीमा जुवाको खालबाट प्रहरीले १२ जना व्यापारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका-१ का ३६ वर्षीय बिमल गुरुङ, सोही ठाउँका ३७ वर्षीय कृष्ण लिम्बू, २८ वर्षीय श्याम लिम्बू, ५२ वर्षीयचन्द्र लिम्बू, लेटाङ नगरपालिका-५ का ३१ वर्षीय समीर तामाङ, झापाको बिर्तामोड नगरपालिका-३ का ३२ वर्षीय लक्ष्मीकुमार तामाङ, सोही ठाउँका २७ वर्षीय सञ्जीव घतानी, हल्दिबारी गाउँपालिका-५ का ३६ वर्षीय ताराकुमार जोगी, बुद्धशान्ति गाउँपालिका-४ का ३८ वर्षीय मनिष लिम्बू, सुनसरीको धरान-१६ का ३९ वर्षीय रुपजङ्ग लिम्बू, सोही ठाउँका २९ वर्षीय किरण उदास र इटहरी उपमहानगरपालिका-२० का २४ वर्षीय राजन पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) मानबहादुर राईले जानकारी दिए ।

तस्विर : हाम्रोमत

उनका अनुसार इलाका प्रहरी कार्यालय पथरीको टोलीले उनीहरूलाई पक्राउ गर्नुका साथै तीन लाख पाँच हजार एक सय रुपैयाँसमेत बरामद गरेको छ ।हाल पथरी प्रहरीको हिरासतमा रहेका उनीहरूमाथि जुवा ऐन अनुसार कारबाही गरिने प्रहरीको भनाइ छ ।