सुनसरीमा थपिए २४ संक्रमित

१८ भाद्र २०७७, बिहीबार

सुनसरीमा थपिए २४ संक्रमित

सुनसरीमा आज थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरूमा धरान उपमहानगरपालिकाका १९ जना, बर्जु गाउँपालिकाका २ जना, इटहरी उपमहानगरपालिकाका २ जना र भोक्राहा गाउँपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

धरानमा संक्रमण देखिएकामध्ये ११ जना सैनिक हुन् । फुस्रेस्थित आर्मी क्याम्पका ११ जना सैनिकहरुमा संक्रमण पुष्टि भएको धरान नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । धरानमा संक्रमण पुष्टि भएका अन्य ५ जना विदामा घर आएका भारतीय सैनिक हुन् ।

त्यस्तै धरान ११ की एक ५७ बर्षीय महिला, धरान १६ की ३३ बर्षीया महिला र धरान १७ की २२ बर्षीया युवतीमा पनि संक्रमण पुष्टि भएको जनाइएको छ ।

योसँगै सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८ सय ५२ पुगेको छ ।कुल संक्रमितमध्ये ३९४ जना कोरोनामुक्त भइसकेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।