रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय प्रहरी बीच झडप (फोटो फिचर सहित )

१८ भाद्र २०७७, बिहीबार
Online Khabar

रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएको छ । झडपमा स्थानीयले प्रहरीको मोटरसाइकल जलाएका छन् ।

निषेधाज्ञा उल्लंघन गर्दै बिहानैदेखि प्रदर्शनमा रहेका युवाहरूले ११ बजेपछि जबरजस्ती रथलाई पुल्चोकको मुल सडकमा पुर्‍याएका थिए।

Online Khabar

दिउँसो १ बजेपछि प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्रमक देखिएका थिए। प्रहरीले वाटर क्यानन लिएर पुगेपछि प्रहरीमाथि ढुंगामुडा प्रहार भएको थियो।

त्यसपछि प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गर्न थालेपछि प्रदर्शनकारीले प्रहरीकै वाटर क्यानन तोडफोड गरेका थिए भने मोटरसाइकल जलाएका थिए।