बागलुङमा बाढीले डुबायो बस्ती, ११ जनाको शव फेला ३६ जना अझै बेपत्ता

१८ भाद्र २०७७, बिहीबार

 

बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीमा अहिलेसम्म ११ जनाको शव फेला परेको छ ।

नगरपालिकाको ७, ८ र ९ वडामा भूजी खोलाको बाढी पस्दा खोलाछेऊको बस्तीका ३६ जना बेपत्ता भएको प्रजिअ सुरेश न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार मृतकमध्ये २६ वर्षीया केश माया विकको पहिचान खुलेको हो। अन्य १० जनाको सनाखत हुन सकेको छैन।

‘घटनास्थलमा उद्धारका लागि प्रहरी/सेना खटिएका छन्’, उनले भने। बेपत्ताको सङ्ख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ। बाढीले ३१ घरमा पूर्ण क्षति पुर्‍याएको छ भने हालसम्म चार जना घाइते भएको प्रहरीको भनाइ छ।

अविरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढी बस्तीमा पसेपछि घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । प्रहरीका अनुसार बाढीका कारण घाइते हुनेमा ढोरपाटन न.पा.४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन छन्।

https://youtu.be/exOyEG-NueE