नेसेन्स कपमा आज जर्मनी र स्पेन आमनेसामने हुँदै

मनोज पोख्रेल

१८ भाद्र २०७७, बिहीबार
विस्पोटर्स्

युरोपियन नेसन्स कपमा शुक्रबार जर्मनीले स्पेनको सामना गर्दै छ । जर्मनीको स्टुटगार्टमा हुने खेललाई दुबै टोलीका लागि २०२० को पहिलो प्रतिस्पर्धात्मक खेल हुनेछ ।

२०१८ विश्वकपको पहिलो चरणबाटै बाहिरिएको जर्मनी र रुससँग पराजित भएको स्पेनका लागि आजको खेल युरोपको सर्वश्रेष्ठताको लडाइको रुपमा रहनेछ ।

अघिल्लो संस्करण हेर्ने हो भने फ्रान्स र नेदरल्याण्ड्स भएको समुहमा जर्मनी अन्तिममा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो । स्पेनले भने क्वार्टर–फाइनलमा इङ्गल्याण्डसँग हारेको थियो ।

२०१८ को विश्वकप र २०१९ को नेसन्स लिगमा भोगेको लजास्पद हार पछि जर्मन प्रशिक्षक योआकिम लोउ दबाबमा रहने छन् । लोउलाई केही संचार माध्यमहरुले निकै भाग्यशाली भएको बताएका थिए । जर्मन फुटबल फेडेरेसनले उनलाई धेरै विश्वास गर्ने गरेका कारण पनि उनी अहिले सम्म टिमको प्रशिक्षणका टिकी रहेका हुन् ।

जर्मनी र स्पेनले एक–अर्कासँग २३ पटक खेलेका छन् । त्यसमा जर्मनीले ९ र स्पेनले ७ खेल जितेको छ । पछिल्लो पाँच खेल हेर्ने हो भने जर्मनीले २०१४ मा भएको मैत्रिपूर्ण खेल मात्र जितेको छ । यी दुवै टोलीले आ–आफ्नो अन्तिम खेल नोभेम्बर २०१९ मा युरो कप छनोटको क्रममा खेलेका थिए ।

जर्मनीले बायर्न म्युनिखका निक्लास सुल र लिरोय साने बाहेक सबैलाई गुमाएको छ । स्पेनले भने एक खेलाडी कोरोना भाईरसका कारण गुमाइसकेको छ ।

खेल नेपाली समय अनुसार राती १२ः३० मा शुरु हुने छ । यसबाहेक बिहिबार नेसन्स लिगमा अन्य २२ खेलहरु हुँदै छन्। अर्को खेलमा इटालीले बोस्निया एन्ड हर्जगोभिनाको सामना गर्नेछ ।