माेरङमा भन्दा सुनसरीमा धेरै संक्रमण

१८ भाद्र २०७७, बिहीबार

विराटनगर, १८ भदौ ।

समुदास्तरमा संक्रमण उच्च रहेको मोरङपछि सुनसरीमा पनि संक्रमण बढ्दै गएको छ । पछिल्लो केही दिनयता मोरङको तुलनामा सुनसरीमा संक्रमितको संख्या दैनिक बढ्दो रुपमा रहेको छ ।

बुधबार मोरङमा ४७ संक्रमित भेटिँदा सुनसरीमा भने ७१ संक्रमित भेटिएका थिए ।त्यस्तै मंगलबार मोरङमा १५ जना संक्रमित भेटिँदा सुनसरीमा ५६ जना संक्रमित भेटिएका थिए ।

सामाजिक विकास मन्त्रालयका अनुसार बुधबारसम्म मोरङमा एक हजार ७०२ संक्रमित छन् । सुनसरीमा ८३९ संक्रमित छन् । संक्रमितमध्ये मोरङमा ६६५ र सुनसरीमा २७३ जना संक्रमणमुक्त भएका छन् ।भदौ ३१ मा मोरङमा संक्रमितको संख्या ८८६ हुँदा सुनसरीमा १२८ संक्रमित थिए । पछिल्लो १७ दिनमा सुनसरीमा ७११ संक्रमित थपिँदा मोरङमा ८१६ संक्रमित थपिएका छन् । सुनसरीको तुलनामा मोरङमा संक्रमण दर घटेको सरोकारवालाहरु बताउँछन् ।

मोरङमा सबैभन्दा बढी संक्रमित विराटनगर महानगरपालिकामा छन् । विराटनगरमा संक्रमितको संख्या १०७९ छ ।