अनलाइन परीक्षा खारेज गर्न माग गर्दै पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी

१८ भाद्र २०७७, बिहीबार

मोरङको विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ ।

विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले गरेको अनलाइन परीक्षा सञ्चालनको निर्णयविरुद्ध जनमत पार्टी नेपालको भ्रातृ संगठन विद्यार्थी जनमत संघले तालाबन्दी गरेको हो ।

अनलाइन परीक्षा सञ्चालन गर्ने निर्णयले विश्वविद्यालयमा अध्ययनरत ग्रामीण क्षेत्रका विद्यार्थी मर्कामा पर्ने भन्दै संघले नियमित विद्यार्थीलाई आन्तरिक मूल्याङ्कनका आधारमा उत्तिर्ण गराउनुपर्ने र आंशिक परीक्षा बाँकी रहेका विद्यार्थीको अनलाइनमार्फत् परीक्षा लिनुपर्ने माग गरेको छ । संघका जिल्ला अध्यक्ष अमितकुमार मण्डलद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वविद्यालयले नियमित र आंशिक विद्यार्थीबीच विभेद गरेको आरोप लगाइएको छ ।