बामदेव गाैतम राष्ट्रियसभामा जाने पक्कापक्की

१८ भाद्र २०७७, बिहीबार

विराटनगर । भदौ १८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बिहीबार बसेको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई अब राष्ट्रियसभामा पठाउने निर्णय गरेको जनाएको छ ।

प्रधानमन्त्री निवासमा बसेको बैठकले यसअघिको सचिवालय बैठकको निर्णय अनुसार गौतमलाई पनि राष्ट्रियसभामा लैजाने निश्चित गरेको छ।

राष्ट्रियसभामा खाली रहेको मनोनित कोटामा नेता गौतमलाई पठाउने निर्णय गत माघको सचिवालय बैठकले गरेको थियो तापनि प्रधानमन्त्री केपी ओलीले त्यसलाई अस्वीकार गरेपछि निर्णय कार्यान्वयन भएको थिएन ।

प्रधानमन्त्रीले अर्थमन्त्री युवराज खतिवडालाई सो पदमा पठाउन चाहेपनि गौतमले आफू जान पाउनुपर्ने अडान राखेपछि सचिवालयमा सोही अनुसार निर्णय भएको सचिवालयले जानकारी दिएको छ।