यूईएफए नेसन्स लिगको पहिलो खेल : जर्मनी र स्पेनको बराबरी

१९ भाद्र २०७७, शुक्रबार

यूईएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् । बिहीबार भएको खेलको पहिलो हाफमा गोल रहित  बराबरी भएपनि खेलको दोस्रो हाफको ५१ औं मिनेटमा जर्मनीका टिमो वेर्नरले गोल गर्दै जर्मनीले अग्रता लिएको थियो ।

इन्ज्युरी समयको सातौं मिनेटमा स्पेनले बराबर गोल फर्कायो । फेरान टोरेसको क्रसमा पेनाल्टी क्षेत्रभित्र रोड्रीगोको हेडरलाई जोसे गायाले गोलको दिशा दिँदै खेल बराबरीमा ल्याए । यस गोलसँगै स्पेनले पछिल्लो चार वर्षयता प्रतिस्पर्धात्मक खेलमा लगातार गोल गर्ने सिलसिला कायम राख्यो भने जर्मनीले नेसन्स लिगमा जितविहिन यात्रा कायम राख्यो ।