इटहरीमा आठ जना कोरोना संक्रमित थपिए

१९ भाद्र २०७७, शुक्रबार

सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा आज थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत भदौ १५ गते संकलित स्वाब परीक्षण गर्दा आठ जनाको नतिजा पोजिटिभ देखिएको हो ।
आज थपिएका संक्रमितमध्ये इटहरी-१२ का एक जना, इलाका प्रहरी कार्यालय इटहरीका एक जना र इटहरीको पकलीस्थित सशस्त्र प्रहरी बल नम्बर एक वराह वाहिनीका ६ जना प्रहरी कर्मचारी रहेका छन् । संक्रमित सबै २७ देखि ४१ वर्षका पुरुषहरू रहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ । यससँगै इटहरीमा कुल दुई सय २३ जना संक्रमित पहिचान भएका छन् ।