लकडाउन र निषेधाज्ञा हटाउने मुख्यमन्त्री राईको रणनीति

१९ भाद्र २०७७, शुक्रबार

 

विराटनगरमा बन्ने भयो एक हजार बेडको आइसोलेसन

प्रदेश सरकारले मोरङको विराटनगरमा एक हजार बेड क्षमताको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
हिजो बिहीबार बसेको प्रदेशस्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सामाजिक विकास मन्त्रालयलाई सेन्टर स्थापनाको जिम्मेवारी दिएको हो ।
मुख्यमन्त्री शेरधन राईका अनुसार प्रदेशका कोरोना संक्रमण उच्च रहेका क्षेत्र सील गरी अन्य क्षेत्रको निषेधाज्ञा र लकडाउन क्रमिक रुपमा हटाई जनजीवन सहज बनाइनेछ ।।।