इलामका एम्बुलेन्स चालकहरूलाई सम्मान

१९ भाद्र २०७७, शुक्रबार
तस्वीर- नयाँ बुलन्द

विराटनगर । भदाै १९

नेपाल निजामती कर्मचारी युनियन संघ इलामले संघको स्थापना दिवसको अवसर पारेर जिल्लाका विभिन्न संघसस्थाका नौ जना एम्बुलेन्स चालकहरूलाई एक कार्यक्रमका बिच स्वास्थ्य सामाग्री हस्तान्तरण सहित सम्मान गरेको हो ।

सम्मानित हुने एम्बुलेन्स चालकहरुमा तारा पोख्रेल, सन्मान तामाङ, बालचन्द्र गौतम,राजन कार्की, फडिन्द्र सापकोटा, मोहन राई, अनिल देवान र धन बहादुर मगर रहेका छन् ।

शुक्रबार इलाम बजारको सुनगाभा क्लबको हलमा आयोजित कार्यक्रम युनियनका जिल्ला अध्यक्ष ईश्वर सुवेदीको अध्यक्षतामा भएको थियो । उनले यो विषम परिस्थितिमा अग्रभागमा रहेर काम गरिरहेका चालकहरुलाई स्वास्थ सामाग्री बितरण र सम्मान गरिएको बताए ।‘जो सबैभन्दा पहिलो घेरामा रहेर काम गर्छ, विपत्तिको बेला उहि बढी सुरक्षित हुनुपर्छ। त्यसैले उहाँहरुको कामप्रति सम्मान गरिएको हो’ उनले भने ।
यस्तै चालकहरुको तर्फ बाट बोल्दै तारा पोख्रेलले आफुहरुले संक्रमण भएका बिरामीहरु बोकेर अन्त जानुपर्दा होटलहरुमा एम्बुलेन्स चालक भन्ने बितिक्कै खाने बस्ने ठाउँ नपाईने समस्या भोग्नु परेको गुनासो गरेका थिए । यो विषम परिस्थितिमा पनि फ्रन्ट लाइनमा काम गरिरहेका एम्बुलेन्स चालकहरूले बिरामीको सेवामा खटिदापनि समस्या भोग्नुपरेको बताएका छन् ।

नेपाली काँग्रेसका जिल्ला सभापति हिमालय कर्मचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कर्मचारी युनियन संघका पदाधिकारीहरु, काँग्रेस नेता भेषराज आचार्य, जिल्ला सचीव खगेन्द्र देवान, इलाम नपा ७ का वडा अध्यक्ष नरेश श्रेष्ठ, विभिन्न कार्यालयका कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

यो कोरोनाको महामारीका बीच पनि आनाकानी नगरिकन काम गरिरहेका एम्बुलेन्स चालकहरूप्रति हार्दिक आभार व्यक्त गरिएको थियो ।