Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

वृद्ध हत्या गरी टाउको झोलामा लिई प्रहरी कार्यालय

2020-09-04 02-09 | अभिमन्यु अभिजित                  


A+ A A-

विराटनगर । भदाै १९

शुक्रबार बिहान करिब १ बजे तिर धादिङ जिल्ला प्रहरी कार्यालयको मूलगेटमा ड्युटीमा खटिएका एक जना प्रहरीलाई एक जना युवा आएर ‘म त मान्छे काटेर आएको’ भनेर सुनाए । कार्यालयलाई पहरा दिइरहेका ती प्रहरीले नपत्याएपछि ती युवकले झोला खोलेर एक पुरुषको टाउको देखाएपछि ती प्रहरीको होस उड्यो ।

बिहीबार राति १० बजेतिर धादिङको नीलकण्ठ नगरपालिका–१३ स्थित खलचेतमा आत्महत्या गरेका एक व्यक्तिको १३ दिने कर्मकाण्डमा संस्कारअनुसारको पितृप्रसाद खाएर फर्किरहेका ६४ वर्षीय सोमबहादुर गुरुङलाई २३ वर्षीय राजु परियारले हत्या गरेका हुन्।

‘यति राति कता हिँडेको बाबै ?’ भनेर युवकले सोध्दा वृद्धले जिस्किँदै तेरो श्रीमतीलाई भेट्न जान लागेको भनेपछि युवक रिसाउँदै ‘यस्तो उमेरमा पनि नचाहिने कुरा गर्ने’ भन्दै बाझ्न थाले । वृद्धले युवकको घॉटी समाते, युवक फुत्केर नजिकैको घरमा गएर खुर्पा ल्याएर वृद्धको गर्दन छिनाए ।

त्यसपछि उनी हत्या गरिएका वृद्धको टाउको झोलामा राखेर डेढ घण्टा पैदल हिँडेर जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न आएका थिए।

युवकले गुरुङको टाउको र खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमपर्णका लागि आएको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताए । सामान्य विवाद हुँदा खुर्पाले हानेर हत्या गरेर युवक राति १ बजेतिर प्रहरी कार्यालयमा आइपुगेको रेग्मीले जानकारी दिएका छन् ।

घटनास्थलमा प्रहरी टोली पुगिसकेको र पोस्टमार्टमका लागि शव धादिङ बेंसी ल्याउने तयारी भइरहेको घटनास्थल पुगेका प्रहरी निरीक्षक सरोज राईले बताएका छन् ।

https://youtu.be/PF7F_uNBPQ0


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय