करेन्ट लागेर मकवानपुरमा एककाे मृत्यु

१९ भाद्र २०७७, शुक्रबार
सांकेतिक तस्वीर

घरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुर, मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको आज बिहान मृत्यु भएको  छ  ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि– ६ स्थित आफ्नो घरमा करेन्ट लागेर  ओमकुमार मोक्तानको घटनास्थलमा नै मृत्यु भएको हो।

घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली त्यहाँ पुगेको थियाे ।  शव परीक्षणका लागि गर्न हेटौँडा अस्पताल पठाइएको जनाइएको छ  ।