देवदूतलाई पनि नछोड्ने कलियुगको ‘काल’ कोरोना

१९ भाद्र २०७७, शुक्रबार

विश्वभर तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट सात हजार स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् ।
एम्नेस्टी इन्टरनेसनलको तथ्यांक अनुसार ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी मेक्सिकोका स्वास्थ्यकर्मी रहेका छन्,जहाँ एक हजार तीन सय २० स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ।

दोस्रो स्थानमा रहेको अमेरिकामा यो संख्या १ हजार ७७ जना रहेका छन् भने ६ सय ४९ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएको बेलायत तेस्रो र ६ सय ३४ स्वास्थ्यकर्मी गुमाएको ब्राजिल चौथो स्थानमा रहेको एम्नेस्टी इन्टरनेसनलका आर्थिक तथा सामाजिक न्याय प्रमुख स्वीव कोकबर्नले बीबीसीलाई बताएका छन् ।

यस्तै, हालसम्म पाँच सय ७३ जना स्वास्थ्यकर्मी गुमाएको छिमेकी मुलुक भारत र दुई सय ४० स्वास्थ्यकर्मीको मृत्यु भएको अफ्रिकाको अवस्था पनि चिन्ताजनक रहेको छ ।  उपचारमा संलग्न चिकित्सकले नै मृत्युवरण गर्नुले महामारीको बिकराल रूप प्रष्ट हुन्छ ।