पूर्वी नाकाबाट कृषिजन्य वस्तुको आयातमा वृद्धि

१९ भाद्र २०७७, शुक्रबार

विराटनगर । भदौ १९

आ. व. २०७६/०७७ मा नेपालको पूर्वी नाका काँकरभिट्टाबाट कृषि तथा कृषिजन्य वस्तुमा आयात बढेको छ ।

काँकडभिट्टा नाका भएर २ अर्ब ९९ करोड ४ लाख रुपैयाँ मूल्य बराबरको कृषि तथा कृषिजन्य वस्तुको आयात भएको प्लान्ट क्वारेनटाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

गत बर्षको तुलनामा यस वर्ष २७ करोड रुपैयाँले आयात बढेको हो। कार्यालय प्रमुख हर्षहाङ राईका अनुसार यो साल धान, मकै, कोदो, ताजा तरकारी, आलु, प्याज र फलफूल, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिनाबाट दलहन, गेडागुडी र पपकर्न, चीनबाट लसुन र भियतनामबाट मरीच बढी मात्रामा आयात भएको छ ।

लकडाउनले नेपाली उत्पादन निर्यात गर्न नसकिइरलेका बेला आयात भने केही प्रतिशत बढेको हो।