शुक्रबार प्रदेश १ का ७२ जना काेराेना मुक्त

१९ भाद्र २०७७, शुक्रबार

विराटनगर । भदाै १९

गत २४ घण्टामा प्रदेश १ मा ७२ जना डिस्चार्ज भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड-१९ आईसोलेसन केन्द्र गोठगाउँबाट ३२, मेची अस्पताल झापाबाट १६ तथा कोभिड १९ आईसोलेसन केन्द्र, रंगेलीबाट ११, होटल एशियाटिक आईसोलेसनबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ५, वि.जेनरल अस्पताल आईसोलेसन केन्द्र, हरिनगरबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  यसैगरी डिस्चार्ज हुनेको संख्या कूल १ हजार ८१९ पुगेको छ ।

प्रदेश १ मा आज २ हजार १६१ जनाको पीसीआर परीक्षण भएकाे छ । परीक्षणमध्ये ५३ महिला र ९१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयले जानकारी दिएअनुसार हालसम्म ९५ हजार ४५९ जनाको पीसीआर परीक्षण गरिएकाे छ ।