काठमाडौं उपत्यकामा ४५४ जनामा कोरोना संक्रमण पुष्टि

१९ भाद्र २०७७, शुक्रबार

विराटनगर । भदाै १९

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरमा भने १३ सय ५९ जना संक्रमित थपिएका छन् । १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा १३ सय ५९ संक्रमित थपिएका हुन् । देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ जना रहेको छ ।