प्रतिबन्धित लागूपदार्थ गाँजासहित सुनसरीबाट भारतीय नागरिक पक्राउ

१९ भाद्र २०७७, शुक्रबार
तस्वीर- टाकुरा न्युज

विराटनगर । भदाै १९

प्रतिबन्धित लागूपदार्थ गाँजासहित सुनसरीबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

लुकिछिपी भारततर्फ लैजादैँ गर्दा सशस्त्र प्रहरी बल बीओपी लौकहीबाट इन्स्पेक्टर अरुण पाण्डेको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति प्रतिबन्ध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित उल्टी क्षेत्रमा भारत सुपौल जिल्ला रत्नपुरा ग्रामपन्चायत ८ बस्ने २९ वर्षका बिनोदकुमार शाहलाई पक्राउ गरिएको जनाइएको छ ।

तस्करहरूले सीमावर्ती क्षेत्रका युवाहरूलाई भरियाका रूपमा प्रयोग गर्दै लागूऔषध र गाँजाको ओसारपसार गराउँदै सशस्त्र प्रहरीले जनाएको छ ।

घटनामा अन्यको पनि संलग्नता रहेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। अभियुक्तलाई लागूपदार्थ ओसारपसार तथा बेचबिखन सम्बन्धी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।

https://youtu.be/PF7F_uNBPQ0