इटहरीमा कोरोना सङ्क्रमितको संख्या थपियो

२० भाद्र २०७७, शनिबार

सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा आज थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै इटहरीमा संक्रमितको कुल संख्या दुई सय ३१ जना पुगेको छ ।

आज थपिएका संक्रमितमध्ये इटहरी-६ का ४० वर्षीय पुरुष, इटहरी-९ की २९ वर्षीया महिला, इटहरी-१३ का ४१ वर्षीय पुरूष, इटहरीको पकलीस्थित सशस्त्र प्रहरी बल नम्बर एक वराह वाहिनीका २९, ३० र ३९ वर्षीय तीन जना पुरुष, एक जना २४ वर्षिय पुरुष सञ्चारकर्मी र इटहरी-१७ की एक ४५ वर्षीया महिला रहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।