Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

गुडिरहेकाे माेटरसाइकलमै साथीले घाँटी रेटी मारे

2020-09-05 02-09 | अभिमन्यु अभिजित                  

तस्वीर- हाम्राे मत
A+ A A-

विराटनगर । भदाै २०

शिवसताक्षी नगरपालिका १९ झापका २९ वर्षीय गोमन सिंह मगरको हत्या उनकै साथीले गरेको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय झापाको टोलीले शुक्रबार शिवसताक्षी नगरपालिका वडा नम्बर ८ बस्ने ३२ वर्षीय मनकुमार लिम्बूलाई नियन्त्रणमा लिएर शनिबार सार्वजनिक गरेको छ । घाँटी छिन्न लागेकाे शव भदौ १७ गते बिहान शिवसताक्षी ११ स्थित जङ्गलमा फेला परेको थियो।

प्रदेश प्रहरी कार्यालयकाे अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापाको टोली, सङ्घीय प्रहरी कार्यालय धरानबाट डग शाखाको केनाईन टोलीले गरेको अनुसन्धानपछि लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।

लिम्बूले मृतकसित लेनदेनको विषयमा विवाद हुँदा भदौ १६ गते राति मगरलाई राति बोलाएर आफैँले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । घरबाट साथीलाई भेट्न जान्छु भनी निस्किएका मगर परिवारको सम्पर्कमा नआएपछि उनको खोजी भएको थियो ।

प्रदेश ०१–०१०१२ प ५२२५ नम्बरको मोटरसाइकलमा हावा खाई फ्रेस हुन भन्दै उनीहरू सताक्षीधाम मन्दिर गएको पनि अनुसन्धानमा खुलेको छ। पछाडि बसेका लिम्बूले मोटरसाइकल बिस्तारै चलाउन भन्दै मोटरसाइकल चलाइरहेकै अवस्थामा धारिलो हतियार कर्दले मगरको घाँटी रेटेको स्वीकार गरेका छन् ।

घाँटी रेट्न थालेपछि मोटरसाइकलबाट लडेका मगरलाई पुनः पुनः रेटेर हत्या गरी नालिमा फालेकाे अनुसन्धानबाट खसलेकाे छ। उनीहरू सवार मोटरसाईकल सडकछेउकाे जङ्गलमा लगेर लडाईदिएका थिए । त्यसपछि मगरले बोकेको मोबाइल, धारिलो हतियार कर्द र आफ्नो मोबाइलसमेत लिम्बुले झिलझिले खोलामा फालेर घर गएका थिए । प्रहरीले लिम्बूलाई पक्राउ गरेपछि खोलाको पानीलाई स्काभेटर प्रयोग गरी थुनेर खोजी गर्दा  फािलएका सामान फेला पारेको जनाएको छ ।

साथी-साथीमा आर्थिक लेनदेनबारे असमझदारी भई बढेको मनमुटाव नै कारण घटना भएको देखिएको प्रहरीले जनाएको छ । लिम्बूलाई आइतबार झापा जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिएर कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

https://youtu.be/PF7F_uNBPQ0

 

 


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय