जाजरकोटमा गिद्ध उल्लेख्य रूपमा पाइयाे

२० भाद्र २०७७, शनिबार
फाइल तस्वीर

विराटनगर । भदाै २०

प्रकृतिको कुचिकारका रुपमा रहेको गिद्धको गणना गरिएको छ । जाजरकोटको नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा एक महिना लगाएर गणना गरिएको पन्छी संरक्षण आजीवन सदस्य गोविन्दबहादुर सिंहले जानकारी दिए । गिद्धका सँगै गुँडको गणनासमेत गरिएको थियो ।

जिल्लामा विश्वमा दुर्लभ मानिने सुन गिद्ध चार, सेतो गिद्ध छ, हिमाली गिद्ध ७६, हाडफोर गिद्ध आठ र राज गिद्ध दुईवटा फेला परेको छ । यसैगरी सुन गिद्धका एउटा, सेतो गिद्धका तीनवटा, हिमाली गिद्धका ३३ वटा, हाडफोर गिद्धका तीनवटा गुँड भेटिएएको छ भने राज गिद्धको गुँड नभेटिएको सिंहले जानकारी दिए। उनका अनुसार करीब एक महिना लगाएर गणना गरिएको थियो ।