एकै दिन माेरङमा ४ संक्रमितकाे मृत्यु

२० भाद्र २०७७, शनिबार

विराटनगर । भदौ २०

मोरङमा एकै दिन चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । गत २४ घण्टामा मोरङमा चारजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुुईजना महिला र दुुईजना पुरुष छन् ।

प्रदेश १ काे सामाजिक विकास मन्त्रालयले जनाएअनुसार विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुषको मृत्यु भएको हो । मोरङको धनपालथान गाउँपालिका ३ का ५५ वर्षीय पुरुष, बुढीगंगा ५ का ४५ वर्षीय पुुरुष, विरानगर – ४ र ११ का ६४ र ४३ वर्षीय महिलाको मृत्यु भएको हो । यो सँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९ पुुगेको छ ।

मृतक मध्ये प्रदेश १ स्थायी ठेगाना भएका २७ रहेका छन् । अन्य १२ जना प्रदेश १ बाहिरका छन् ।