गत २४ घण्टामा देशभर १०४१ जनामा काेराेना

२० भाद्र २०७७, शनिबार

विराटनगर । भदाै २०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गरिएकाेमा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्र ४०८ जना थपिएका छन् ।