भारतमा एप्स प्रतिबन्धले गेम निर्माण कम्पनीको बजार मूल्यमा भारी गिरावट

निमेष अधिकारी

२० भाद्र २०७७, शनिबार

नयाँ दिल्ली । भदाै २०

हालसालै चर्चित अनलाइन गेम पब्जीमा भारतले लगाएको प्रतिबन्धले भारतको गेमिङ समुदायमा नराम्रो प्रभाव परेको छ तर यो भन्दा बढी प्रभाव पब्जी गेम निर्माण गर्ने टेनसेन कम्पनीलाई अझ बढी परेको छ ।

रिपोर्ट अनुसार, पब्जी लगायतका अन्य एप्लिकेसन प्रतिबन्धले कम्पनीको ३४ अर्ब अमेरिकी डलर बराबरको बजार मूल्यमा गिरावट आएको हो ।भारतले पब्जी लगायत चेसरन(Chessrun),लुडोवोर्ल्द(LudoWorld) आदि जस्ता चर्चित गेममा प्रतिबन्ध लगाएको छ ।

यस गेम मध्य पब्जी भारतको बजारमा सबै भन्दा लोकपि्रय तथा अत्याधिक पैसा बनाउने गेम थियो । पब्जी गेमका भारतबाट मात्रै ३० लाख सक्रिय प्रयोगकर्ता थिए ।